Comments Add Comment

आठौं राष्ट्रिय खेलकुद : लन टेनिसमा एपीएफलाई ४ स्वर्ण

२ वैशाख, बुटवल । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बुटवलमा सम्पन्न लन टेनिस प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले चार स्वर्ण पदक जितेको छ ।

देवीनगरस्थित लन टेनिस कम्प्लेक्समा सञ्चालित प्रतियोगितामा कूल पाञ्चवटा इभेन्टमध्ये एपीएफले चार इभेन्टमा स्वर्ण पदक जितेको छ । महिला एकलमा सशस्त्रकी प्रेरणा कोइरालाले स्वर्ण जितेकी छन् । यस्तै पुरुष युगलमा सशस्त्रका जितेन्द्र परियार र आइभन्हो लिसानोभिचको जोडीले र महिला युगलमा सलोनी तामाङ र अष्लेसा लिसानोभिचको जोडीले स्वर्ण पदक जितेका छन् ।

मिश्रित युगलमा पनि सशस्त्रकै आइभन्हो लिसानोभिच र अष्लेसा लिसानोभिचले स्वर्ण पदक जितेका छन् । पाँच स्वर्णमध्ये एक स्वर्ण पदक भने पुरुष एकलतर्फ एनआरएनए टिमका संरक्षण भुषण बज्राचार्यले जितेका छन् ।

महिला युगलमा एपीएफकै प्रेरणा कोइराला र एनी माथेमाले रजत पदक जिते भने गण्डकी प्रदेशकी श्रेया भट्टराई र रोमिका बुद्धाचार्य तथा नेपाली सेनाका अभिलाषा विष्ट र आइरा एम रावतले कास्य पदक जितेका छन् ।

मिश्रित युगलमा नेपाली सेनाका प्रणव खनाल र अभिलाषा विष्टले रजत पदक, गण्डकी प्रदेशका अनिल शाही र गंगा शर्मा तथा नेपाली सेनाका अभिनव आचार्य र आइराएम रावतले कास्य पदक जितेका छन् ।

पुरुष एकलमा नेपाली सेनाका प्रणव खनालले रजत तथा एपीएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदीप खड्काले कास्य पदक जितेका छन् ।

महिला एकलमा नेपाली सेनाका अभिलाषा विष्टले रजत तथा नेपाली सेनाकै आइरा एम रावत र प्रदेश ३ कि रायना शाहले कास्य पदक जितेका छन् ।
पुरुष युगलमा गण्डकी प्रदेशका प्रदीप खड्का र नवीन मगरले रजत तथा गण्डकी प्रदेशकै धरम लामिछाने र अनिल शाही एवं एपीएफका छेवाङ लामा र सन्तोष खत्रीले कास्य पदक जितेका छन् ।

विजयी खेलाडीहरुलाई सोमबार लन टेनिस संघकी केन्द्रीय अध्यक्ष ज्योति राणा, जिल्ला अध्यक्ष अशोक गुरुङ, प्रतियोगिता संयोजक गोपाल ज्ञवाली, जिल्ला खेलकुद विकास समिति अध्यक्ष योग गुरुङले पदक, मेडल र प्रमाणपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment