Comments Add Comment

मिसनमा जाने सशस्त्र प्रहरीको १५० डलर काट्ने व्यवस्था खारेज

२ वैशाख, काठमाडौं । मिसनमा जाने सशस्त्र प्रहरी बलका कर्मचारीको १ सय ५० अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ ।

मिसनमा सहभागी कर्मचारीको व्यक्तिगत भत्ताबाट सशस्त्र प्रहरी महिला संघ, पूर्वसशस्त्र प्रहरी संघ र खेलकुद शाखाका लागि प्रदान गर्नुगर्ने रकम खारेज भएको हो ।

बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो वर्षदेखि महिला संघ र पूर्वसशस्त्र प्रहरी संघलाई ३५/३५ र खुलकुद शाखालाई ८० अमेरिकी डलर दिनुपर्ने व्यवस्था खारेज भएको बताए ।

अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको अध्यक्षतामा रहेको केन्द्रको सञ्चालक समितिले पेश गरेको प्रस्ताव अनुरुप अतिरिक्त शुल्क तिर्नुपर्ने नियम खारेज भएको हो । समितिमा गृह र अर्थमन्त्रालयका उप–सचिव पनि प्रतिनिधि रहने व्यवस्था छ भने सशस्त्र प्रहरी महानिरीक्षक संरक्षक हुन्छन् ।

बलका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठका अनुसार समितिको प्रस्ताव आईजीपी खनालबाट स्वीकृत भएसँगै मिसनमा गएका अधिकारीको रकम कटौती खारेज भएको हो । अब नेपाली सेना र नेपाल प्रहरीमा झैं मिसन गएका सशस्त्र प्रहरीका अधिकारीले कल्याणकारी कोषमा मात्रै योगदान दिनुपर्नेछ ।

यो पनि पढ्नुहोस सशस्त्र प्रहरीका पूर्वकर्मचारीलाई जीवन निर्वाह भत्ता

हाल सशस्त्रमा पहिलो पटक मिसन जानेले ८ प्रतिशत र दोस्रो पटक जानेले १० प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । ‘पहिले कोषको रकम थोरै हुँदा यो व्यवस्था राखिएको थियो । तर, अहिले यसको आवश्यकता छैन’, बलका एक अधिकारी भन्छन्, ‘स्वेच्छाले दिन त खुलै छ नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment