Comments Add Comment

संजय भन्छन्–‘काम हुँदैछ, अब निर्देशक बन्छु’

बलिउड नायक संजय दत्त आफ्नो नयाँ चलचित्र ‘कंलक’को प्रचारमा व्यस्त छन् । चलचित्रमा संजयका अलवा माधुरी दिक्षित, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर, बरुण धवन र आलिया भट्टको पनि मुख्य भूमिका छ ।

चलचित्रको प्रचारको क्रममा एक मिडियामा अन्तवार्ता दिदै नायक संजय दत्तले आफू अब निर्देशक बन्ने सोचमा रहेको बताएका छन् । उनले आफू छिट्टै निर्देशक बन्ने तयारी गरिरहेको बताए । उनले भने–‘पछिल्लो केही समय हाम्रो टिमले कथा र पटकथामा काम गरिरहेको छ । त्यसको अन्त्यसँगै हामी घोषणा गर्नेछौ ।’

संजयले उक्त चलचित्र आफ्नो व्यानरमा निर्माण हुने बताएका छन् । संजयले उक्त चलचित्र पुरानो कहानीमा हुने बताए । उनले भनेका छन्–‘म ऐतिहासिक चलचित्र निर्माण गर्ने तयारीमा छु । उक्त चलचित्र वास्तविक कथाको नजिक हुनेछ ।’

संजयका अनुसार उनले आफ्ना पुर्खाहरुको कथामा चलचित्र बनाउने तयारी गरिरहेका छन् । संजय दत्त अहिले चलचित्रमा अभिनयमा व्यस्त छन् । तर, अब उनले पनि आफूलाई निर्देशनमा ढाल्ने योजना बनाएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment