Comments Add Comment

केन्यामा नेपाली महिला तस्करीमा बेलायती नागरिक मुछिए

Photo Credit : the star । नेपाली महिला तस्करीका आरोपित अलिभाइ सान्जुस्थित अदालतमा ।

३ वैशाख, काठमाडौं । एक बेलायती नागरिकले १२ नेपाली महिला तस्करी गरेर उनीहरुलाई केन्यास्थित आफ्नो क्लबमा प्रयोग गरेको खुलासा भएको छ ।

केन्याको प्रहरीले गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा १२ नेपाली महिलासहित त्यसका सञ्चालकलाई पक्रेको थियो । उनीहरुमाथि प्रहरीले गरेको अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाइले १२ नेपाली महिलालाई तस्करी गरेर आफ्नो न्यालीस्थित क्लबमा प्रयोग गरेको खुलेको हो ।

नेपाली महिला तस्करी गरेर दुरुपयोग गरेको अभियोगमा सोमबार अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा मुद्दा दायर गरिएको छ ।

ती नेपाली महिलाहरुलाई मार्च १३ देखि १४ को बीचमा झुक्याएर आफ्नो क्लबमा प्रयोग गरिएको जिकिर अदालतमा दायर मुद्दामा गरिएको छ ।

अलिभाइ रंगिला बार र एम्की प्लाजाका मालिक हुन् । उनको स्वामित्वका उक्त थलोलाई नेपालीको तस्करीमा प्रयोग गर्ने गरिएको दी स्टारको समाचारमा उल्लेख छ ।

दी स्टार डिजिटल पत्रिकाका अनुसार, उनीविरुद्ध मानव तस्करी गरेकोदेखि त्यसका लागि उक्साएकोलगायत ३ अभियोग दर्ता भएको छ । नेपाली नागरिकको भ्रमण कागजात जफत गरेको अर्को अभियोग पनि अलिभाइलाई लागेको छ ।

तर उनले आफूविरुद्ध लागेका सबै अभियोग सान्जु अदालतका सिनियर प्रिन्सिपल म्यजिस्टे«ट डेभिड ओडिएम्बोका अगाडि अस्वीकार गरेका छन् ।

नेपाली महिला तस्करीका अभियुक्त अलिभाइ धरौटीमा छुट्न चाहेका थिए । तर, अदालतले छाड्न इन्कार गरेको छ । पासपोर्ट दिन गरेको आग्रह उनले इन्कार गरेपछि अदालतले धरौटीमा छाड्न इन्कार गरेको हो ।

स्टेट काउन्सिल सक्विलाले अभियुक्तसँग भारतसँगै बेलायतको पासपोर्ट रहेको र उनको पासपोर्ट जफत नगरी धरौटीमा छाड्दा देश छाड्न सक्ने खतरा रहेकाले धरौतीमा रिहा नगरिएको बताएका छन् ।

स्टेट काउन्सिलले यसको छिट्टै सुनुवाइ गर्ने पक्षमा छ । चाँडो सुनुवाइ होस् भन्ने चाहेको छ ।

पक्राउ परेका नेपालीलाई मुद्दाका साक्षी बनाइ कारवाही अगाडि बढाइने र ती नेपालीलाई फिर्ता पठाइने काउन्सिलरले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment