Comments Add Comment

हावाहुरी प्रभावितका लागि प्रदेश ३ ले दियो एक करोडको चेक

४ वैशाख, जनकपुरधाम । बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको लागि प्रदेश ३ सरकारले घोषणा गरेको १ करोड रुपैयाँ हस्तान्तरण गरिएको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको तर्फबाट एक करोडको बुधबार दिउँसो चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेका हुन् ।

गएको चैत १७ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु हुनुको साथै करोडौंको क्षति पुगेको थियो ।

हावाहुरी प्रभावितका लागि प्रदेश ३ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा यसअघि गरेको थियो ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा खुशी व्यक्त गरे । चेक हस्तान्तरण गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्दा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

‘यो कुनै ठूलो सहयोग त होइन तर पनि यसले एक अर्कोलाई पर्दा सहयोग गर्नुपर्छ । भन्ने सन्देश प्रवाह गर्नेछ’ उनले भने ।

यसअघि प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बारा र पर्सा स्थित हावाहुरी प्रभावित क्षेत्रको निरीक्षण समेत गरेका थिए ।

प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ पनि मुख्यमन्त्री राहत कोषमा जम्मा गरिएको छ । बैंकमा रकम जम्मा गरेको भौचर प्रदेश ३ कि उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment