Comments Add Comment

प्रदेशसभा ३ को बैठक : राजधानी छिटो टुंग्याउन सांसदको माग

४ वैशाख, हेटौंडा । प्रदेशसभा ३ को बुधबारको बैठकमा सांसदहरुले स्थायी राजधानीको विषय टुंग्याउन सरकारलाई आग्रह गरेका छन् ।

सांसद छिरिङ दोर्जे लामाले प्रदेश सरकार राजधानीको विषयमा लामो समयसम्म अलमलिएको आरोप लगाए । सांसद जीवन डंगोलले राजधानी अध्ययन विशेष समितिको प्रतिवेदन तयार भएको ७ महिना बितिसक्दा पनि यसबारे निर्णय गर्न नसकेको भन्दै आपत्ति जनाए ।

सांसदहरुले विद्यालय भर्ना अभियान, बर्षायाम अगावै सडक मर्मत र विकासदेखि बाँदरका समस्याका बारेमा समेत आफ्नो धारणा राखेका थिए । बुधबार बसेको बैठकले प्रदेश बालबालिकाको अधिकारसम्बन्धी विधेयक पारित गरेको छ ।

प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले प्रस्तुत गरेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको प्रतिवेदनसहितको प्रदेश बालबालिकाको अधिकारसम्बन्धी विधेयक सर्वसम्मत पारित भएको हो ।

बैठकमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी संशोधन विधेयकको प्रतिवेदन प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेल पेश गरेका छन् । त्यसैगरी, प्रदेश सहकारी सम्बन्धी विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले सभामा पेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment