+
+
Shares

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ४ गते १६:२५

४ वैशाख, वीरगञ्ज । मंगलबार साँझ आएको हावाहुरीले गर्दा क्षतिग्रस्त विद्युतको लाइन मर्मत गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणका कर्मचारी घाइते भएका छन् । बाराको त्रिवेणी घर भएका विद्युत प्राधिकरणका हेल्पर ३५ बर्षका प्रेम दास तत्वा घाइते भएका हुन् ।

वीरगञ्ज–१४ बहुअरीमा हावाहुरीले चुडिएको तार मर्मत गर्ने क्रममा उनको हातमा करेन्ट लागेको थियो । करेन्ट लाग्ने वित्तिकै उनलाई उपचारका लागि बहुअरीमै रहेको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा लगिएको थियो ।

लाइन काटेर तार तान्ने क्रममा अचानक करेन्ट लागेको प्राधिकरणकै सवारी चालक शिवशंकर सिंहले जानकारी दिए । ‘हावाहुरीले तार चुडिएको थियो, लाइन काटेर तार तान्ने काम भइरहेको थियो’ उनले भने ‘अचानक करेन्ट प्रवाह हुन पुग्यो ।’

वीरगञ्ज हेल्थ केयरमा प्राथमिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको अस्पतालका प्रबन्ध निर्देशक डा. अबुल हैस अन्सारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?