Comments Add Comment

जुकरबर्गको सुरक्षाका लागि फेसबुकले गर्‍यो अढाई अर्ब खर्च

काठमाडौं । गत वर्ष सन् २०१८ भरि नै फेसबुकका सिइओ मार्क जुकरबर्ग चर्चाको केन्द्रमा रहे, कारण उनी नेतृत्वको विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुक विवादमा मुछियो ।

सिलिकन भ्यालीका उच्च पदस्थहरु आफ्नो व्यक्तिगत सुरक्षाका लागि वर्षेनी करोडौँ रकम खर्चिन्छन् । गार्जियनको रिपोर्ट अनुसार फेसबुकले पनि यसका सिइओ मार्क जुकरबर्गको सुरक्षाका लागि झण्डै अढाई अर्ब रुपैयाँ बराबरको रकम खर्च गरेको छ । जुकरबर्गको सुरक्षाका लागि सन् २०१८ मा भएको खर्च सन् २०१७ को भन्दा दोब्बर हो ।

रिपोर्ट अनुसार जुकरबर्गलाई सुरक्षित राख्नका लागि फेसबुकले सन् २०१८ मा २ करोड २६ लाख डलर खर्च गरेको छ ।

जुकरबर्गका लागि गरिएको खर्चलाई फेसबुकले अन्य क्षतिपूर्ति शीर्षकमा खर्च जनाएको छ । उक्त शीर्षकमा भएको खर्चमध्ये अधिकांस जुकरबर्गकै सुरक्षामा भएको खर्च रहेको छ ।

त्यस्तै जुकरबर्ग र उनको परिवारको सुरक्षाका लागि थप ९० लाख डलर रकम समेत खर्च भएको उल्लेख छ ।

त्यस्तै व्यक्तिगत प्रयोजनका लागि प्राइभेट जेट प्रयोग गर्नका लागि गत वर्ष जुकरबर्गले कम्पनीबाट २६ लाख डलर भुक्तानी लिएका छन् ।

प्रयोगकर्ताका डाटाहरुको अनधिकृत रुपमा दुरुपयोग भएका, ह्याकिङका कारण लाखौँ प्रयोगकर्ताका निजी डाटाहरु चेारी भएको तथा गलत समाचार तथा हिंसा र घृणाजन्य सामाग्रीहरु फैलाउने काम गरेको भन्दै गत वर्षको सुरुवातदेखि नै फेसबुकको तीव्र आलोचना भैरहेको छ ।

फेसबुकको आलोचना बढिरहँदा यसका प्रमुख कार्यकारीमाथि सुरक्षा चुनौति बढेको ठहर गर्दै कम्पनीले जुकरबर्गको सुरक्षामा हुने खर्च समेत बढोत्तरी गरेको हुनुपर्दछ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment