Comments Add Comment

प्रदिप भन्छन्–‘कबड्डी ३’का लागि समय निकाल्न सकिनँ’

निर्देशक रामबाबु गुरुङ चलचित्र ‘साइँली’ पश्चात अब ‘कबड्डी ३’ बनाउने तयारीमा छन् । यो चलचित्रका लागि कलाकार दयाहाङ राई, बिजय बराल, बुद्दि तामाङ लगायत फाइनल भैसकेका छन् । चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीको अभिनय रहने पनि चर्चा छ । तर, यही समयमा नायक प्रदिप खड्काले चलचित्रमा काम गर्न लागेको चर्चा पनि चलेको थियो । प्रदिप र रामबाबुले समेत कुरा भएपनि संझौता भैनसकेको अनलाइनखबरसँग बताएका थिए ।

तर, अब यो चलचित्रमा नायक खड्का नरहने भएका छन् । नायक खड्का चलचित्रमा नहुनुको बिषयमा थुप्रै खालका कारण सार्वजनिक भैरहेका छन् । तर, अनलाइनखबरसँग कुरा गर्दै प्रदिपले भने–‘खासमा केही कुरा नै अगाडि बढेको थिएनँ । मैले चलचित्रको स्क्रिप्ट पनि पाएको थिइनँ । मैले मेरो समय अब मिल्दैन जस्तो छ भनेको हुँ ।’

प्रदिपले अगाडि भने–‘कबड्डी फागूण वा चैत्रमा छायांकनमा जाने कुरा थियो । तर, अब वैशाखको अन्तिममा मात्र यसको छायांकन हुँदैछ । यसैले वैशाखको अन्तिममा म भ्याउदिन भनेको हुँ ।’ नायक प्रदिप खड्काले अब आफू चलचित्र ‘प्रेमगीत ३’मा व्यस्त हुने बताएका छन् ।

उनले कुनै पनि कुरा अहिलेसम्म फाइनल नभएकाले निक्लिनु वा निकालिनु भन्ने खालका खबर झुटो भएको बताए । वुझिएअनुसार, नायक प्रदिप खड्काले चलचित्रमा काम गर्न नभ्याउने भएपछि रामबाबु गुरुङले चलचित्रका लागि कलाकार निश्चल बस्नेतसँग कुरा अगाडि बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment