Comments Add Comment

‘अनुसन्धानकर्ता मुलरलाई हटाउन चाहन्थे ट्रम्प’

६ वैशाख, काठमाडौं । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसबीच साठगाँठ भए–नभएबारे छानबिन गरेका अधिकारीले अमेरिकी कंग्रेसमा प्रतिवेदन बुझाएपछि नयाँ–नयाँ तथ्यहरु सतहमा आउन थालेका छन् ।

ट्रम्पको पक्षमा चुनावी नतिजा आउनुमा रुसको संलग्नताले काम गरेको आरोप लागेपछि रोबर्ट मुलरको नेतृत्वमा छानबिन प्रक्रिया अघि बढाइएको थियो । मुलरले गत मार्चमा कंग्रेसमा प्रतिवेदन बुझाएपछि यसका अन्तर्य सार्वजनिक हुने क्रम जारी छ ।

यसै क्रममा छानबिनमा सहयोगको साटो ट्रम्पले अवरुद्ध गरेको आरोप लागेको छ । मुलरले तयार पारेको ४४८ पृष्ठ लामो प्रतिवेदनले ट्रम्पबारे यस्तो खुलासा गरेको हो । त्यसका लागि ट्रम्पले विशेष अनुसन्धानकर्ता रोर्बट मुलरलाई नै हटाउन चाहेको प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

अनुसन्धान गहिराइमा पुग्दा आफ्नो कार्यकाल अन्त्य हुनसक्ने भयमा रहेका ट्रम्पले छानबिनलाई नै अवरुद्धको प्रयास गरेको जिकिर प्रतिवेदनमा छ ।

विपक्षीले आरोप लगाएजस्तै ट्रम्प र रुसबीच साठगाँठ भएकोबारे भने मुलरले कुनै तथ्य नभेटिएको बताएका छन् । न्याय प्रक्रियामा दख्खल पुर्याए–नपुर्याएबारे पनि प्रतिवेदनमा केही उल्लेख छैन ।

ट्रम्पले प्रतिवेदनले कुनै साठगाँठ नरहेको तथ्य प्रस्तुत गरेकाले यो यो खेल समाप्त भएको प्रतिक्रिया दिएका छन् ।

महान्यायाधिवक्ता विलियम बारले प्रतिवेदनका मुख्य बुँदा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अमेरिकी चुनावमा रुसी संलग्नताबारे कुनै प्रमाण फेला नपरेको बताए ।

तर, डेमोक्रयाटहरुले औंल्याइएका तथ्यहरु गम्भीर भएको प्रतिक्रिया दिएका छन् । उनीहरुले न्यायको पक्षमा नभई ट्रम्पको पक्षमा काम गरेको भन्दै महान्यायाधिवक्ता विलिलयम बारको भूमिकाको समेत आलोचना गरेका छन् ।

हाउस अफ रिप्रिजिन्टेटिभ्सका गुप्तचर समिति प्रमुख एडम स्किफले ट्रम्पलाई बेइमानको संज्ञा दिँदै आचरणहीन र अनैतिक भएको आरोप लगाएका छन् । उनले ट्रम्पको देशभक्तिमाथि समेत प्रश्न उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment