Comments Add Comment

स्थापना दिवसमा नेविसंघले बनायो ३ ठाउँमा जेब्राक्रस

६ वैशाख, बुटवल । ५० औं स्थापना दिवसको अवसरका नेपाल विद्यार्थी संघ हरैया बहुमुखी क्याम्पस इकाइले जेब्राक्रसकोे निर्माण गरेको छ ।

रुपन्देहीको कञ्चन गाउँपालिका ३ स्थित हरैया मावि, हरैया बहुमुखी क्याम्पस र कञ्चन ५ स्थित लुम्बिनी ज्ञान निकेतन मावि अगाडिको सडकमा जेब्रा क्रसिङ निर्माण गरेको हो ।

शैक्षिक संस्था नजिकै दुर्घटना बढेकाले विद्यार्थीले सडक पार गर्ने ठाउँमा जेब्रा क्रसिङ बनाएको हरैया क्याम्पसका स्ववियु सभापतिसमेत रहेका प्रकाश उपाध्याय पौडेलले बताए ।

जेब्रा क्रसिङको उद्घाटन नेपाली काँग्रेस कञ्चन गाउँपालिका संयोजक यमबहादुर क्षेत्रीले गरे । क्षेत्रीले आगामी दिनमा यस्तै सकारात्मक सामाजिक काम गर्न नेविसंघलाई सुझाव दिए । ५० औं स्थापना दिवसको अवसरमा हरैया बहुमुखी क्याम्पसमा शुक्रबार नेविसंघमा आवद्ध विद्यार्थीहरुले दीप प्रज्वलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment