Comments Add Comment

एथलेटिक्स खेलाडी : चाउचाउ खाँदै, दौडिँदै

७ वैशाख, काठमाडौं । शनिबारीय सामाग्रीसहित प्रकाशित पत्रिकाहरुमा फरक फरक विषय प्रमुख समाचार बनेका छन् । गोरखापत्र दैनिकले ‘किन क्रोनिक बने एक हजार आयोजना ?’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

समाचारमा स्थानीयको विवाद, जग्गा अधिग्रहण, समस्या समाधानको संयन्त्र नहुनु, ठेकेदारले पेश्की लिएर अन्यत्र लगानी गर्ने प्रवृत्ति, राजनीतिक अस्थीरता लगायतका विषयलाई क्रोनिक बन्नुको कारणको रुपमा प्रस्तुत गरिएको छ ।

गोरखापत्रमा ७५ वर्षअघि नेपालमा भएको पहिलो हवाईजहाज दुर्घटनाका साक्षी गोकुलप्रसाद शर्माको स्मरण पनि प्रकाशित छ ।

कान्तिपुर दैनिकले आठौं राष्ट्रिय खेलकुदका खेलाडीहरु चाउचाउ र खुर्सानीको भरमा प्रतिस्पर्धा गरिरहेको समाचार छापेको छ । प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरीले साँधेको चाउचाउ खाइरहेको तस्वीरसहितको समाचारमा लेखिएको छ, ‘तुलसीपुरस्थित बेलझुण्डीमा अन्तराष्ट्रियस्तरको एथलेटिक्स ट्रयाक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् ।’

कान्तिपुरमा माओवादी पूर्वलडाकुहरु छोराछोरी भर्ना गराउन शहरमा भौंतारिन थालेको समाचार पनि छ ।

राजधानी दैनिकले साक्षरतामा अभियानमा ५ अर्ब खर्च भए पनि उल्लेख्य सुधार नभएको अवस्थालाई समाचारको रुपमा प्रस्तुत गरेको छ । साथै ललिता निवास जग्गा हिनामिना प्रकरणमा अतिक्रमित जग्गा खोज्ने संयन्त्रको अभाव रहेको अर्को समाचार पनि राजधानी दैनिकमा छ ।

नागरिक दैनिकमा पनि ललिता निवास प्रकरणकै समाचार पहिलो छ । २८ वर्षको अवधिमा बनेका २४ वटा सरकारले जग्गा फिर्ता गर्न कुनै कदम नचालेको विषय समाचारमा छ । अहिले केपी ओली नेतृत्वको सरकारले जग्गा सरकारकै नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएपछि यो विषय निकै पेचिलो बनेको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोष्ट दैनिकले चिनियाँ ऋणमा पारदर्शीता खोजी शिर्षकको मुख्य समाचार छापेको छ भने नयाँपत्रिका दैनिकले सिर्जनशील युवाहरुलाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment