Comments Add Comment

प्रधानमन्त्री ओली बुटवल र कावासोती जाँदै, शाश्वतधाम अवलोकन गरी फर्किने

७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने कार्यक्रममा सहभागि हुन जाने भएका छन् । उनी चौधरी ग्राम परिसरमा निर्मित शाश्वतधाम अवलोकन गरी काठमाडौं फर्किने छन् ।

प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने कार्यक्रम छ ।

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ । सालिकको छेउमा ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गर्नेछन् ।

यो पनि पढ्नुहोस जीतगढीमा अंग्रेज हारेको इतिहास सम्झाउँदै बुटवल एक्स्पो

वि.सं १८७२ मा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । नेपाली फौजसँग लडाइँ हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकाले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको छ ।

सालिक अनावरणपछि आयोजित आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधनसमेत गर्नेछन् ।

यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले नवलपुरको कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजना अनुसार प्रधानमन्त्री ओली शिलन्यासका लागि कावासोती आउने कार्यक्रम तय भएको प्रतिनिधि सभा सदस्य तिलक महतले जानकारी दिए ।

प्रधानमन्त्री ओली चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधाम अवलोकन गरेर काठमाडौं र्फकने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment