Comments Add Comment

बार्सिलोना उपाधिका लागि दुई जित टाढा

काठमाडौं । जोर्डी अल्बाले फेरि एकपटक आफ्नो कौशल देखाएका छन् र ला लिगामा रियल सोसिडाडविरुद्ध बार्सिलोनालाई जिताएका छन् । शनिबार राति हात पारेको २–१ को जितसँगै बार्सिलोना ला लिगाको उपाधिबाट मात्र दुई जित टाढा छ ।

घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफको अन्तिम मिनेटमा लेङलेटको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा सेडिडाडले गोल फर्कायो । उसका लागि ६२ औं मिनेटमा जाउनामीले गोल गरे ।

तर, दुई मिनेटपछि नै अल्बाले गोल गरे । यसो त सोसिडाडका गोलरक्षकले एक हातले बल क्लियर गर्दै लुइस स्वरेजको गोल गर्ने प्रयासलाई उत्कृष्ट ढंगले असफल पारेका थिए ।

जितसँर्ग बार्सिलोनाले ९ अंकको अग्रता कायम गरेको छ । उसको ३३ खेलबाट ७७ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ६८ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment