Comments Add Comment

च्याम्पियन बनेपछि रोनाल्डोले भने–युभेन्टसमा खुसी छु

काठमाडौं । फिओरेन्टिनामाथि जित हात पार्दै युभेन्टसले लगातार आठौं पटक इटालियन सिरी एको उपाधि जितेको छ ।

शनिबार राति भएको खेलमा फिओरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले ५ खेल बाँकी रहँदा नै उपाधि रक्षा गरेको हो । ‘म निकै खुसी छु किनकी मैले आफ्नो पहिलो सिजनमा नै इटालियन उपाधि जितेँ’ युभेन्टसका फवार्ड क्रिष्टियानो रोनाल्डोले भने ।

युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएपछि धेरैले रोनाल्डोले इटली छाड्ने अनुमान गरेका थिए । तर, रोनाल्डोले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘अवश्य च्याम्पियन्स लिगमा राम्रो भएन । तर अर्को वर्ष छँदैछ ।’

उसो त युभेन्टसले ३५ औं उपाधि जित्दा रोनाल्डो इंग्ल्याण्ड, स्पेन र इटलीमा घरेलु लिग जित्ने पहिलो खेलाडी बने । उनी यसै सिजन रियल मड्रिडबाट युभेन्टस आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment