Comments Add Comment

‘पोई पर्यो काले’पछि सौगातले साइन गरे ‘राम राम’

चलचित्र ‘लप्पन छप्पन २’को छायांकन केही पर धकेलिएपछि नायक सौगात मल्लले एकपछि अर्को चलचित्र साइन गरेका छन् । नायक सौगात मल्लले केही दिन अगाडि मात्र चलचित्र ‘पोई पर्यो काले’ साइन गरेका थिए । अब, उनै सौगातले नयाँ चलचित्र ‘राम राम’ पनि साइन गरेका छन् ।

यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् । सुवर्ण र सौगातले चलचित्र ‘फन्को’मा काम गरिसकेका छन् । डाइमोण्ड स्टार फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका कथा तथा पटकथाकार दिनेश महत हुन् । चलचित्रका लागि सौगात मल्ल मात्र पक्का भएपनि अन्य कलाकार फाइनल नगरिएको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रको छायांकन दशैंबाट सुरु हुनेछ । यो चलचित्रमा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीले निर्माण गर्दैछन् । चलचित्र ‘राम राम’को कथावस्तु खुलाइएको छ्रैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment