Comments Add Comment

श्रीलंकामा श्रृङ्खलावद्ध विस्फोट, मृतकको संख्या १३७ पुग्यो

८ वैशाख, काठमाडौं । श्रीलंकामा चर्च र होटलमा भएको श्रृङ्खलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

४ सय भन्दा बढी घाइते भएका छन् ।

आइतबार इसाई धर्मावलम्बीले इस्टर पर्व मनाइरहेका बेला तीन वटा चर्च र कोलम्बोको फाइभ स्टार होटलहरुमा विस्फोट भएको थियो ।

अधिकारीहरुका अनुसार कोच्चादाइस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको हो ।

यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङबरी र सिनेमन ग्राण्ड होटलमा विस्फोट भएको छ ।

विस्फोटमा परी थुप्रै विदेशी नागरिक मारिएको आशंका गरिएको छ । कोलम्बो अस्पतालले ९ विदेशी नागरिक मारिएको पुष्टि गरेको छ ।

इस्टर सन्डे इसाई क्यालेन्डरमा एक ठूलो पर्व हो र यो दिन चर्चमा प्रार्थना हुन्छ ।

विस्फोटको घटनापछि शहरको सुरक्षा बढाइएको छ । घटनास्थलमा उद्दार कार्य जारी छ । राष्ट्रपति मैत्रिपाल सिरिसेनाले घटनाबारे सुरक्षा एजेन्सीले जाँच गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री रनिल विक्रमासिंघेले सुरक्षाबारे आपतकालीन बैठक बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment