Comments Add Comment

आर्चरीमा तविन र अर्चनालाई स्वर्ण

८ वैशाख, काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरीको एकल पुरुषतर्फ नेपाल आर्मी क्लबका तविन गुरुङले स्वर्ण पदक जितेका छन् ।

बाँकेको नेपालगञ्जमा भएको खेलमा तविनले प्रन्जल राईलाई ६–० ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । यता, बेष्ट आर्चरी क्लबका प्रन्जलले रजत पदकमै चित्त बुझाए । त्यस्तै, नेपाल आर्मीकै कमल दानीले भने तेस्रो हुदै कास्य पदक प्राप्त गरेका छन् ।

महिलातर्फको खेलमा भने अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले स्वर्ण पदक जितेकी छिन् । उनले अन्नपूर्ण आर्चरी क्लबकै अनुषा गुरुङलाई ६–२ ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । त्यस्तै, अन्नपूर्ण क्लबकै सलिना गुरुङ भने तेस्रो बनिन् ।

स्टान्डर्ड मेन्स टिमतर्फ भने नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ । आर्मीले बेष्ट अर्चरी क्लबलाई ६–० ले पराजित गर्दै स्वर्ण पदक जितेको हो । बेष्ट आर्चरीले रजत पदकमा जित्त बुझाउँदा थसाङ स्पोर्टस् क्लब भने तेस्रो भएको छ ।

यही स्पर्धामा पहिलातर्फ भने अन्नपूर्ण आर्चरी क्लबले स्वर्ण पदक हात पारेको छ । अन्नपूर्ण क्लबले कञ्चनपुर आर्चरी क्लबलाई ६–० ले पराजित गरेको हो । नेपाल आर्मी क्लब भने तेस्रो भएको छ ।

स्टान्डर्ड मिक्स टिमतर्फ भने नेपाल आर्मी क्लबका तविन गुरुङ र मन्जु बजागाँईले स्वर्ण पदक जितेका छन् । अन्नपूर्ण आर्चरी क्लबका राजकुमार छन्त्याल र अर्चना थापाको जोडी दोस्रो हुदा कञ्चनपुर अर्चरी क्लबका बिबेक राना र लक्ष्मी थापाको जोडी तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment