Comments Add Comment

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकाली समकक्षीलाई फोन, विस्फोटको घटनाप्रति दुःख व्यक्त

८ वैशाख, काठमाडौं । श्रीलंकामा श्रृङ्खलावद्ध विस्फोटमा परी २ सय भन्दा बढीको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

आइतबार अपरान्ह श्रीलंकका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले बम बिस्फोटनको घटनामा कयौं निर्दोषको ज्यान गएकोमा दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री विक्रमासिंघे र श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका उनको सचिवालयले जानकारी दिएको छ । त्यस्तै प्रधानमन्त्री ओलीले बिस्फोटमा परी जीवन गुमाउनेप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ’ उनले श्रीलंकाली समकक्षीसँगको टेलिफोन कुराकानीमा भने ।

नेपाल जुनसुकै रंग र रुपको आतंकवादको विरुद्धमा उभिने भन्दै प्रधानमन्त्री ओलीले आफ्नो सैद्धान्तिक अडान अनुसार मानवता विरोधी घटनाको भत्सर्ना गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment