+
+
Shares

पुलिस र आर्मी सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ८ गते २०:०६
Photo Credit : फाइल तस्वीर

८ वैशाख, बुटवल । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देहीमा जारी पुरुष फुटवलमा विभागीय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब अन्तिम चारमा पुगेका छन् ।

आइतबार भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई हराउँदै र आर्मीले सुदूरपश्चिमाञ्चलसँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेका हुन् । देवीनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा निक्कै प्रतिस्पर्धात्मक पहिलो खेलको १५ औ मिनेटमा त्रिभुवन आर्मीले पेनाल्टीमार्फत अग्रता लिएको थियो ।

आर्मीका भरत खवासलाई सुदुरपश्चिमाञ्चलका भागीरथ चौधरीले डिबक्सभित्र लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । खेलको ६७ औ मिनेटमा प्रभुराज जोशीले सुदूरपश्चिमका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णालीलाई २–१ ले पराजित गर्‍यो । पुलिसका हरि कठायत र सुमन सुवेदीले गोल गरे भने कर्णालीका खगेन्द्र खत्रीले गोल गरे । प्रयोगिताका सेमिफाइनलदेखिका खेलहरु नेपालगञ्ज रंगशालामा हुन्छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?