Comments Add Comment

प्रहरी किताबखानाका कर्मचारी कार्यकक्षबाटै घुससहित पक्राउ

१० वैशाख, काठमाडौं । प्रहरी किताबखाना, लैनचौरका एक कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कार्यालयमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत् नायब सुब्बा सुरज केसी छन् ।

उनले निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

उनका अनुसार विशेष सुराकीको आधारमा गएको टोलीले घुस रकम लिँदैगर्दा उनकै कार्यकक्षबाट पक्राउ गरेको थियो । थप अनुसन्धान जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment