Comments Add Comment

सांसदले उठाए प्रदेश १ र २ बीचको सीमा विवाद !

१० वैशाख, विराटनगर । प्रदेश १ का सांसदहरुले प्रदेश २ सँगको सीमा विवाद सुल्झाउन माग गरेका छन् ।

उदयपुरको त्रियुगा र कटहरी नगरपालिकाको केही वडाभित्र पर्ने चुरे क्षेत्र प्रदेश २ ले आफ्नो दाबी गरेको भन्दै उदयपुरका प्रदेश सांसद नारायण मगरले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले कटहरी र त्रियुगा नगरपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रको लालपूर्जा र त्यसक्षेत्रका बासिन्दाको नागरिकता पनि प्रदेश १ मा कायम भएको भए पनि प्रदेश २ ले आफ्नो दावी गरेको जिकिर गरे ।

सामाजिक विकास समितिका सभापति सरिता थापाले मंगलबारको प्रदेशसभा बैठकमा प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको संशोधनसहितको प्रतिवेदन पेश गरेकी थिइन् ।

प्रदेशसभाको ५० औं बैठकमा पेश भएको सो विधेयकमा सत्तापक्षका १० जना प्रदेश सभा सदस्यले संशोधन हालेका थिए । सो विधेयक समितिमा दफावार छलफल भई प्रदेशसभाको बैठकमा संशोधनसहितको प्रतिवेदन पेश गरिएको हो ।

प्रदेशसभा बैठकमा सांसद उत्तमकुमार बस्नेतले कुलुङ जातिको वृति विकासका लागि वाधा पुगेको भन्दै यो जातिलाई आदिवासी जनजाति र अल्पसंख्यक जातिको रुपमा सुचीकृत गर्न सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment