+
+
Shares

उसुमा आर्मीलाई १४ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते १९:१९

१० वैशाख, बाँके । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ ।

नेपालगञ्ज रंगशालाको कभर्डहलमा सम्पन्न भएको खेलमा आर्मीले सर्वाधिक पदक जित्दै टिम च्याम्पियन बनेको हो । आर्मीले थप १ रजत र ३ कास्य पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कास्य हात पार्‍यो । पुलिसले २ स्वर्ण, १ रजत र ५ कास्य प्राप्त गर्‍यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल गर्‍यो ।

उसुको अन्तिम दिन मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए । थाउलोको महिला चियन सु/छियाङ सुमा एपीएफकी कविता थापा मगर पहिलो भइन् । कविताले १८.०५ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोस्रो तथा आर्मीकी मुना शिरिष मगर तेस्रो भए । पुरुष ताव सु/कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते । उनले १८.९ अंक जोडे । एपीएफका कुमार सिन्जाली दोस्रो तथा प्रदेश ५ का राजिव तामाङ तेस्रो भए ।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूरपश्चिम प्रदेशकी गौरी घर्तीमगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए ।

महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?