Comments Add Comment

छोरी आराध्यसँग स्विमिङ पुलमा ऐश्वर्य राय

ऐश्वर्य राय र अभिषेक बच्चन यतिबेला माल्दिभ्समा छन् । दाम्पत्य जीवन सुरु गरेको १२ बर्ष पुरा गरेका उनीहरु विवाहको बर्षगाँठ मनाउनकै लागि माल्दिभ्स पुगेका हुन् । उनीहरुसँग छिन्, छोरी आराध्य पनि ।

आफ्नो दाम्पत्य जीवनको यो क्षणलाई विशेष बनाउन ऐश र अभिषेक माल्दिभ्स पुगेको बताइन्छ । उनीहरुले यस अवसरलाई जतिसक्दो रोमाञ्चक बनाउने प्रयास गरेका छन् । यसैबीच ऐश्वर्य स्विमिङ पुलमा देखिएकी छिन् । छोरी आराध्यलाई साथमा लिएर उनी स्विमिङ पुललमा रमाइरहेकी छिन् । त्यहाँ अभिषेक भने देखिएका छैनन् ।

यद्यपी उक्त तस्वीर अभिषेकले नै सोशल मिडियामा शेयर गरेका हुन् । तस्वीर शेयर गर्दै अभिषेकले लेखेका छन्, ‘ह्याप्पीनेस ……….माई गल्र्स ।’

त्यसो त अभिषेकले तस्वीर पोस्ट गरेपछि ऐश्वर्य पनि किन चुप लागेर बस्थिन् र ? केही समयपछि उनले पनि एक सुन्दर तस्वीर आफ्नो इन्टाग्रामा शेयर गरेकी छिन् । उक्त तस्वीरमा आराध्य र अभिषेकसँगै उनी देखिएकी छिन् । तस्वीरमा उनीहरु निकै खुसी देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment