Comments Add Comment

‘कठपुतली’को पोष्टर सार्वजनिक

चलचित्र ‘कठपुतली’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । हरर जनरमा निर्माण भएको चलचित्रको पोस्टरले चलचित्रको थिमलाई प्रष्टाएको छ । राजाको दरबार भित्र हुने क्रियाकलापलाई काल्पनिक रुपमा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।

देशका प्रजाले परिश्रम गर्नुपर्ने तर शासकहरु भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै हुने बलात्कार र हत्याको घटनाबाट आजित महिलाहरुले लिने बदलाको कथा नै ’कठपुतली’ रहेको लेखक सम्पदा मल्लले बताइन् । उनका अनुसार यो चलचित्र हरर भएता पनि पूर्णतया मौलिक छ ।

अहिलेसम्म हेर्दै आएका चलचित्र भन्दा यो चलचित्र भिन्न भएका कारण यसमा लगानी गरेको निर्माता पृथ्वीराना मगरले बताए । यो चलचित्रकी कार्यकारी निर्माता भने लेखक मल्ल नै हुन् । भिमसेन लामाले निर्देशन गर्ने यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुबर्ण थापा लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment