+
+
Shares

कन्फर्मः ‘कुल्ली नम्बर १’मा बरुणसँग साराको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते १२:३७

आज नायक बरुण धवनको जन्मदिन हो । बरुण धवनको जन्मदिनको अवसर पारेर उनका पिता डेविड धवनले एउटा ठूलो घोषणा गरेका छन् । २५ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक बन्ने भएको छ ।

यो चलचित्रको रिमेकमा नायक बरुण धवन पहिले नै पक्का भएका थिए । अब, यसमा अहिलेकी हटकेक नायिका साराअली खान पनि जोडिएकी छिन् । सारा र बरुणले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । सारा अहिले चलचित्र ‘लब आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रको छायांकन अगष्टबाट सुरु हुनेछ ।

बरुण धवन र डेविड धवनले यसअघि चलचित्र ‘जुड्वा २’मा काम गरेका थिए । ‘कुल्ली नम्बर १’ २५ बर्ष अगाडि हिट भएको थियो । यसैले पनि छोराको करिअरमा यो चलचित्र फेरि बरदान साबित हुने निर्देशक धवनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?