Comments Add Comment

प्रदेशसभा २ को बैठक वैशाख १६ गतेसम्म स्थगित

११ वैशाख, जनकपुरधाम । बुधबार बस्ने भनिएको प्रदेशसभा २ को बैठक वैशाख १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सत्तारुढ संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अधिवेशन र प्रतिपक्षी कांग्रेसको जागरण अभियान भएकाले बैठक सार्न आग्रह गरे बमोजिम बुधबारको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले बताए ।

प्रदेश २ मा तेस्रो अधिवेशन प्रारम्भ भएको एक महिना बितिसक्दा तीन वटा बैठक मात्र बस्न सकेको छ । प्रदेशसभामा छलफलका लागि ६ वटा विधेयक दर्ता भएको छ । प्रदेशभित्रका जिल्लामा आफ्नै प्रशासनिक अधिकारी राख्ने गरी तयार गरिएको विधेयक पनि छलफलका लागि प्रदेशसभामा दर्ता भइसकेको छ ।

प्रदेश सभाका सचिव यादवका अनुसार यसबाहेक प्रदेश लोकसेवा आयोगसम्बन्धी, दुग्ध विकास बोर्ड, बालबालिकाको अधिकार, संघ संस्था दर्तासम्बन्धी र स्वास्थ्य सेवासम्बन्धी विधेयक पनि छलफलका लागि दर्ता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment