+
+
Shares

प्रदेश ३ सरकार र एनआरएनएबीच लगानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ११ गते २०:३०

११ वैशाख, हेटौंडा । प्रदेश ३ सरकार र गैरआवासीय नेपाल संघ -एनआरएनए) बीच मुना आधुनिक कृषि वजार परियोजना संचालन गर्ने समझदारी भएको छ ।

समझदारीमा भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.योगेन्द्र कार्की र एनआरएनएका आवासिय नेपाली संघ कृषि प्रर्वदन समितिका संयोजक यूवराज गुरुङले हस्ताक्षर गरेका छन् ।

उपभोक्ताको हित संरक्षण गर्न एवं कृषिलाई जनस्वास्थ्यमुखी र आत्मानिर्भर वनाउन एनआरएनएले मुना आधुनिक कृषि वजार परियोजना संचालन गर्ने सहमति छ ।

२ अर्ब ५० करोड लायतको परियोजनाको डीपीआर लगायतका काम प्रदेश सरकारले गर्ने छ भने भौतिक पूर्वाधार निमार्णको काम कृषि प्रर्वदन समितिले गर्ने गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?