Comments Add Comment

समूह विजेता हुँदै नेपाल एसीसी यू-१६ को सेमिफाइनलमा

१२ वैशाख, काठमाडाैं । थाइल्यान्डमा जारी एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटमा समुह ए को विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु थाइल्यान्डविरुद्धको खेल वर्षाले रद्द भएर अंक बाँड्नु परे पनि नेपाल अंकतालिको शीर्षस्थानमा रह्यो ।

थाइल्यान्डको चियाङमाईमा भएको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । ३५ ओभरमा छोट्याइएकाउे खेलमा नेपालले ७ विकेट गुमाउँदै २ सय ३४ रनको विशाल स्कोर खडा गर्‍यो । नेपालका लागि आयश भट्टराईले नौ चौका सहित सर्वाधिक ५८ रन बनाएका थिए । यसैगरी कप्तान विशाल विक्रम केसीले ३१ बलमा ३ रन र दिपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन जोडे ।

आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ रनको आक्रामक पार्टनरसीप गरेपछि नेपाल ठूलो स्कोरतर्फ लम्किएको थियो ।

जवाफी ब्याटिङमा उत्रेको थाइल्यान्डले खाता खोल्न नपाउँदै एक विकेट गुमायो । तर, एक ओभर ५ बलमा खेलेपछि शून्य रनको स्थितिमा वर्षाले खेल अवरुद्ध भयो ।

लामो समय वर्षा नरोकिएपछि अम्यायरले खेल रद्द भएको घोषणा गरे र नेपालले थाइल्यान्डसँग १ अंक बाँड्नुपर्‍यो । यद्यपि, नेपालले खेलेका तीन खेलमा ५ अंकका साथ समूह एको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । मलेसिया उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

समूह चरणको पहिलो खेलमा नेपालले म्यानमारमाथि ७ विकेटको र मलेसियामाथि ३९ रनको जित दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment