Comments Add Comment

गुल्मीमा झाडापखालाबाट सिंगो गाउँ नै प्रभावित

१२ वैशाख, गुल्मी । गुल्मीमा झाडापखालाबाट सिङ्गो गाउँ नैै प्रभावित भएको छ । जिल्लाको मुसिकोट नगरपालिको ४ दजाकोट गाउँका अधिकांश वासिन्दा झाडा पखालाका कारण प्रभावित भएका छन् ।

गाउँमा झाडा पखालबााट ५८ जना बिरामी परेका र ३ जनाको अवस्था गम्भीर रहेको स्थानीय हरि छन्तेलले जानकारी दिए।

गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । अरुको स्थानीय स्वास्थ्य संस्थामा नै उपचार भइरहेको छन्तेलले बताए । दजाकोटका ७५ घरधुरीका बालकदेखि बृद्ध्सम्ममा झाडापखालाको समस्या देखिएको छ । झाडापखालाको संक्रमण बढ्ने डरले स्थानीय विद्यालयसमेत बन्द गरिएको छ ।

प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका स्वास्थ्यकर्मी पुगेका छन् । स्वास्थ्य शिविरमा १५ देखि २० जनाको उपचार गरिएको मेयर सोमनाथ सापकोटाले जानकारी दिए ।

उनका अनुसार लुरेखोला मुहानको पानी पिउने सबै घरधुरी झाडापखालाबाट प्रभावित भएका छन् । ७० देखि ७५ घरधुरी खोलाको पानी पाइपमार्फत गाउँमा लगेर पिउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment