Comments Add Comment

युएईसँग नयाँ श्रम समझदारी गर्न जुट्यो सहमति

१२ वैशाख, काठमाडौं । युएईसँग नयाँ श्रम समझदारी (एमओयू)को मस्यौदामा सहमति जुटेको छ । दुई दिनदेखि युएईका श्रम अधिकारीसँग काठमाडौंमा भएको बैठकमा समझदारीका लागि सहमति जुटेको हो ।

दुबै देशका प्राविधिक टोली सन् २००७ को श्रम समझदारीलाई विस्थापन गर्ने गरी नयाँ एमओयू गर्न सबै विषयमा सहमतिमा पुगेको रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार समझदारीको मस्यौदामा मलेसियासँग भएको श्रम समझदारीजस्तै उन्नत रुपमा श्रमिकका सवालहरु सम्बाधेन गर्न खोजिएको छ ।

अब दुबै देशको मन्त्रिपरिषद बैठकले यो समझदारीको मस्यौदालाई पारित गरेपछि औपचारिक हस्ताक्षरका लागि मिति तय हुनेछ ।

‘शून्य लागतमा कामदार लैजाने र श्रमिकको आर्थिक तथा समाजिक सुरक्षाका सवालमा महत्वपूर्ण ढंगबाट सहमति जुटेको छ’ मन्त्रालयको ती अधिकारीले भने ।

युएईसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेेको थियो । पहिलो चरणमा युएईले पठाएका मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर आफ्ना एजेन्डा स्पष्टसँग राखेको थियो ।

नेपालले यसअघि नै युएईसँग एमओयू गरे पनि त्यो कामदारको पूर्ण  हितमा थिएन । अब अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरु राखेर लाई नयाँ समझदारी गर्न सहमति जुटेको छ ।

एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी हुने दावी मन्त्रालयको छ । यसअघि नेपाली टोलीले माघ १६ र १७ गते यूएईसँग श्रम समझदारीबारे वार्ता गरेको थियो ।

अब तत्कालै ओमानसँग पनि समझदारी टुंग्याउने गरी वार्ता हुँदैछ । गोकर्ण बिष्ट श्रममन्त्री भएपछि नेपालले जापान र मलेसियासँग श्रम समझदारी गरिसकेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment