Comments Add Comment

प्रहरीले थाल्यो एन्टी बुलिङ अभियान

१३ वैशाख, काठमाडौं । विद्यालय तथा क्याम्पसमा हुने सम्भावित अभद्र व्यवहार तथा हैरानी रोक्न नेपाल प्रहरीले एन्टी बुलिङ अभियान सुरु गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी अन्तरगत शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानीविरुद्ध अभियान सुरु भएको हो । जनकपुरमा रहेका प्रहरी प्रमुख सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट अभियान शुभारम्भ गरे ।

आईजीपी खनालले स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढने प्रतिवद्धता जनाए ।

अभियान अन्तरगत प्रहरीले वैशाख र जेठभर हरेक स्कुलमा पुगेर कार्यक्रम सञ्चालन गर्नेछ ।

प्रहरीका अनुसार अभियानका क्रममा स्कुल तथा कलेजमा जनचेतनामूलक पोष्टर टाँसिनेछ भने अन्तरक्रियात्मक प्रवचनहरु पनि हुनेछ । छात्राहरु लक्षित हिंसा तथा साइबर अपराधबारे समेत सचेतना जगाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment