Comments Add Comment

३१ हजार घुससहित वीरगञ्जमा यातायातका विचौलिया पक्राउ

१३ वैशाख, वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जका दुई जना विचौलिया ३१ हजार घुस रकम सहित पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं ९ रानीघाट बस्ने ३४ बर्षका रोशनकुमार रौनियार र बाराको करैयामाई गाउँपालिका वडा नं ७ उमजन बस्ने २८ बर्षका सुनील यादव पक्राउ परेका हुन् ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने आश्वासन दिएर सेवाग्राहीसँग ३१ हजार रुपैयाँ घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

यातायात व्यवस्था कार्यालय अगाडि वीरगञ्ज महानगरपालिका१३ स्थित शिखर इन्स्योरेन्सको तेस्रो पक्ष बीमा कलेक्सन काउन्टरबाट पक्राउ परेका उनीहरुको साथबाट अख्तियारको टोलीले नगद ३१ हजार रुपैयाँ र केही कागजपत्र समेत बरामद गरेको छ ।

दुई दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नारायणी अस्पताल पुगेको थियो । नारायणी अस्पतालले खरिद गरेको किलिया मेशिन खरिदबारे उजुरी परेपछि टोली अस्पताल पुगेको हो ।

अख्तियारको टोलीले अस्पतालबाट किलिया मेशिन खरिदसँग सम्बन्धित कागजपत्रको प्रतिलिपि लिएर आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रवक्ता देवकुमार राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment