Comments Add Comment

नेपालगञ्जमा अन्तर बैंक फुटसल प्रतियोगिताको उद्घाटन भोलि

१३ वैशाख, काठमाडौं । नेपालगञ्ज आसपास रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबीच पहिलोपटक हुन लागेको अन्तर बैंक फुटसल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । जसअनुसार प्रतियोगिताको उद्घाटन समारोह वैशाख १४ गते हुने छ भने नकआउट चरणका खेलहरु वैशाख १८, २० र २१ गते हुनेछन् ।

प्रतियोगिताको उद्घाटन राष्ट्रबैंक नेपालगञ्ज शाखाका निर्देशकले गर्ने शुक्रबार एक पत्रकार भेटघाटमा जानकारी गराइयो । आयोजक समितिका संयोजक रामचन्द्र भट्टराईका अनुसार प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २८ टिमले प्रतियोगितामा भाग लिनेछन् ।

यस प्रतियोगिताले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको शारीरिक तथा मानसिक स्वास्थ्य प्रबर्द्धन गर्नुका साथै आम जनतामा बैंकिङ चेतना बढाउने उद्देश्य राखिएको उनी बताउँछन् ।

बाँके जिल्लामा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्त कम्पनीहरुको संख्या क्रमशः ६९, ३६, ५ र ८० गरी कुल १८० रहेको छ । नेपालगञ्ज क्षेत्रका बैंक तथा वित्तिय संस्थाले प्रायोजन गरेको प्रतियोगिता नेपाल राष्ट्र बैंकको ६४ औं वाषिर्कोत्सवका अवसरमा आयोजना गरिएको हो । प्रतियोगिता आयोजकका रुपमा कर्मचारी संघ नेपालगञ्ज समिति रहेको छ । नेपालगञ्ज फुटसल ग्राउन्ड न्यूरोडमा प्रतियोगिताका सबै म्याचहरु हुनेछन् ।

आयोजकका अनुसार प्रतियोगितामा विजेता, उपविजेता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता लगायत पुरस्कृत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment