Comments Add Comment

सरकारले आर्थिक वृद्धिको लक्ष्य नभेट्ने, यो वर्ष ६.८१ प्रतिशत मात्रै

१३ वैशाख, काठमाडौं । सरकार चालू आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न नसक्ने भएको छ । तर, गतवर्षको भन्दा वृद्धिदरर बढ्नेछ । राष्ट्रिय  तथ्यांक विभागले यो वर्ष ६.८१ प्रतिशत मात्रै आर्थिक वृद्धि हात पर्ने अनुमान सार्वजनिक गरेको छ । गत वर्ष ६.३ प्रतिशत मात्रै आर्थिक वृद्धि भएको थियो ।

सरकारले चालु आवको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धि हात पर्ने महात्वकांक्षी लक्ष्य लिएको थियो । तर, बजेटको अर्धवाषिर्क समीक्षामा ७ देखि ८ प्रतिशतको बीचमा आर्थिक वृद्धि हात पर्ने गरी लक्ष्य संशोधन भएको थियो ।

तर, विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले बढदै मुलुकको कूल गार्ह्रस्थ उत्पादन (जीडीपी) को आकार ३४ खर्ब रुपैयाँमा पुग्ने बताएको छ । यसप्रकार आर्थिक वृद्धि ६.८१ प्रतिशतमा रहनेछ ।

कृषि क्षेत्रमा ५.०३ प्रतिशत वृद्धिदर हात पर्ने दृेखिएको छ भने गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत रहने अनुमान छ । विभागले नेपालीकाे प्रतिव्यक्ति आय यो वर्ष वार्षिक एक हजार ३४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। हाल प्रतिव्यक्ति आय १ हजार ४ डलर छ । यो वर्षा  २६ डलर वृद्धि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment