Comments Add Comment

‘जात्रै जात्रा’को ट्रेलरमा सुन चोरीको कथा

बहुप्रतिक्षित चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार युटुबमार्फत सार्वजनिक गरिएको चलचित्रको ट्रेलरले सुनको कथालाई उठाएको छ । सुन हराएपछि आइपर्ने समस्यालाई कमेडीको माध्यमबाट यो चलचित्रमा देखाउन खोजिएको छ ।

चलचित्रको ट्रेलरमा मुख्य चार कलाकार विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई हाबी बनेका छन् । नायिका वर्षा राउत र कलाकार राजाराम पौडेललाई पनि ट्रेलरमा स्थान दिइएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको यो चलचित्रलाई रविन्द्र सिंह बानियाले निर्माण गरेका हुन् । चलचित्रमा सिंगे लामा र यज्ञराज पौडेलको पनि लगानी छ । चलचित्रले जेठ ३ गतेलाई रिलिज मिति तय गरेको छ ।

‘जात्रा’ चलचित्रले व्यवसायिक रुपमा सफलता हात पारेपछि यसको सिक्वेलको रुपमा ‘जात्रै जात्रा’ निर्माण गरिएको हो । ‘जात्रा’मा बोराभरीको पैसाको कथालाई उठान गरिएको थियो भने यसको सिक्वेलमा सुनलाई महत्व दिइएको छ । चलचित्रमा नायक दयाहाङ राई प्रहरीको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment