+
+

मोवाइलबाटै लभ परेपछि….

रामहरी ओझा रामहरी ओझा
२०७६ वैशाख १४ गते १९:५४

१४ वैशाख, डोटी । डोटीको बडीकेदार गाउँपालिका-१, वीपीनगरमा रहेको ईलाका प्रहरी कार्यालयमा एक अपरिचितको फोन आयो । फोन गर्ने व्यक्तिले बाटोमा एक केटा र दुई केटी आपसमा झगडा भइरहेको र उनीहरु मध्ये एक युवतीले आत्महत्या गर्ने कुरा गरिरहेको जानकारी दियो ।

ईलाका प्रहरी कार्यालयका ईन्चार्ज भरत चौधरीले तुरुन्तै टोली पठाए । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लियो ।

‘त्यो केटाको फेसबुकमा एउटा केटीसँग लभ परेको रहेछ, दुवैको कुरा बिहे गर्ने तहसम्म पुगेको रहेछ’ घटनाबारे सुनाउँदै ईचार्ज चौधरीले भने ‘तर, केटीका आमाबुवाले केटा विवाहित भएको र श्रीमतीले अर्कै बिहे गरेको थाह पाएपछि बिहे गर्न मानेनछन् ।’

चौधरीले थपे ‘त्यसपछि केटाले साथीमार्फत अर्को केटीसँग फोन सम्पर्क गरेछ, फोनमा गफ गर्दागर्दै लभ बस्यो छ ।’

उनीहरु बिहे गर्ने निधोमा पुगे । छोरीलाई खुशी साथ राख्ने र पढाई दिने भन्ने प्रतिवद्धतापछि आमा बुवाले पनि स्वीकृति दिए । आमाबुवाको टिकाटालो गरिदिए ।

दुलाह दुलही घर जान हिँडे । तर, विवाहको खबर पहिलो केटीलसम्म पुग्यो र दौडिएर बाटो छेक्न आइन् । आफूलाई धोका दिएको भन्दै झगडा सुरु गर्न थालिन् । आफुसँग पनि बिहे गर्नुपर्ने, नभए झुण्डिएर मर्ने धम्की दिएपछि झगडा भएको रहेछ ।

‘दुवै केटीको उमेर १७/१८ बर्ष मात्रै छ, त्यसैले बिहे हुने त कुरै भएन’ ईन्चार्ज चौधरी भन्छन् ‘दुवै केटीका अभिभावकहरुलाई बोलाएर हामीले जिम्मा लगाइदियौं ।’

केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा १८ बषर्ीय केटा र १९ बषर्ीया केटीको जोडी आयो । भर्खर बिद्यालय शिक्षा परीक्षा -एसइई) दिएका उनीहरु मोवाइलबाटै नजिक भएका थिए । अभिभावकको आँखा छलेर भागे । केही दिनपछि केटाको घर आए ।

तर, जात नमिलेको भन्दै केटी पक्षले धम्की दिन थाल्यो । केटाकेटी डराएर स्थानीय प्रहरी चौकी हुँदै जिल्ला प्रहरी कार्यालय पुगे । ‘२० बर्ष नपुगी बिहे हुँदैन भन्ने पनि जानकारी रहेनछ उनीहरुलाई’ जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले भन्छन् ‘एकोहोरा रुपमा हामीले बिहे गरिसक्यौं, अव कसरी बदर हुन्छ भनेर जिद्दि गर्न थाले ।’

धेरै प्रयासपछि सम्झाएर उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको धामी वताउँछन् ।

मोवाइल फोन र सामाजिक सञ्जालमा साथी बनेकाहरु प्रेममा पर्ने र सानै उमेरमा भागेर बिहे गर्ने घटना बढ्दै गएको इप्रका डोटीका सूचना अधिकारी धामी बताउँछन् । ‘अधिकांश त १७/१८ बर्ष उमेर समूहकै छन्’ उनले भनेका छन्, ‘किशोरावस्थामा उनीहरु एकोहोरो भएका हुन्छन्, त्यसैले अभिभावक जिम्मेवार हुनुपर्छ ।’

उच्च अदालत बार एसोसियसन दिपायलका अध्यक्ष मेरिना श्रेष्ठ भने यसलाई सञ्चारका माध्यमको दुरुपयोग मान्छिन् । ‘चेतना अभावमा पनि यस्तो समस्या आएको छ’ उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?