
१५ वैशाख, गुल्मी । झाडापखला फैलिएको स्थानमा बिश्व स्वास्थ्य संगठन (डबलुएचओ)ले सचेतना कार्यक्रम सुरु गरेको छ ।
प्रभावित क्षेत्रमा खानेपानीका कारण झाडापखला भएको भन्दै खानेपानी डिभिजन कार्यालय र बिश्व स्वास्थ्य संगठनको टोलीले पानीको गुणस्तर मापन र शुद्धिकरणको लागि आबश्यक पहलसमेत गर्ने भएका छन् ।
सिङ्गो गाउँ नैै प्रभावित बनेपछि काठमाडौंबाट बिशेषज्ञ डक्टरसहित अनुसन्धान गर्न बिश्व स्वास्थ्य सठनको समन्वयमा इपीडीमियोनोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट टोली गुल्मी आएको छ ।
टोलीले प्रभावित क्षेत्रमा बिरामीले प्रयोग गरेको पानी र त्यहाको अबस्थाबारे स्थलगत अध्यन र परीक्षणका लागि लैजाने भएको छ ।
डबलुएचओको समन्वयमा महाशाखाबाट टोलीले प्रभावित क्षेत्रमा स्थानीयलाई राखेर पानी उमालेर प्रयोग गर्न, हात मिचिमिची धुनेलगायतका सल्लाह, सुझाव दिइ बिरामीसँग भेटघाट गरेर सचेतना फैलाउने काम गरेको छ ।
गत सातादेखि गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-४ दजाकोटमा फैलिएको झाडापखलाबाट एक बालकको मृत्यु भएको छ । सिङ्गो गाउँमा फैलिएको झाडा पखलाबाट आइतबारसम्म १९० जना बिरामी भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय गुल्मी र गुल्मी अस्पतालका डाक्टरको सञ्चालनले गरेको अस्थायी शिविरबाट झाडापखलाको प्रकोप केही कम भए पनि नियन्त्रणमा आउन सकेको छैन् ।
झाडापखला प्रभावित क्षेत्रमा जिल्ला समन्वय समिति गुल्मीको नेतृत्वमा जिल्लास्थित उच्च अधिकारीले अनुगमनसमेत गरेका छन् ।
अनुगमन कर्ताले स्थलगत भेटघाट गरेर पूर्ण नियन्त्रणको लागि सबै पक्ष सक्रियता साथ लाग्ने प्रतिबद्धता जनाएका छन् ।
एउटै मुलको पानी पिउने स्थानियहरुमा झाडापखला फैलिएको छ । पानी परीक्षण गर्दा दिसामा पाइने कोलिर्फम भेटिएको गुल्मी अस्पताल प्रमुख उत्तम पच्चाले बताए ।
बिरामी परेकाहरु मध्ये ६ जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको चितवन उपचार भइरहेको छ ।
गुल्मी अस्पतालमा उपचारत मध्ये ३ जना निको भएर घर फर्किएका छन् भने नयाँ आएका बिरामीहरु ३ जना उपचार भइरहेको छ । अन्य केही व्यक्तिको सोही ठाउँमा संचालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भैरहेको छ ।
झाडापखालाले विहिवार, शुक्रवार शनिवारको तुलनामा आइतवार बिरामीहरु घट्दै गएपनि उपचार गराएर घर फर्केका बिरामीहरु पुनः उहि समस्या दोहोरिएर आउने गरेका छन् ।
०७३ सालमा गाउँ नै ध्वस्त हुने गरी आगोलागी भएको र त्यस समयमा अरु प्रयोजनका लागि ल्याइएको पानी स्थानीयले खानेपानीको लागि प्रयोग गर्दै आएका थिए ।
बिरामी पर्नेहरुमा चार वर्षदेखि ८० वर्ष उमेरसम्मका व्यक्तिहरु रहेका छन् । प्रभाबित क्षेत्रमा खानेपानीको समस्या भएपछि प्रत्येक घरलाई एक कार्टुनका दरले बोतलको पानी उपलब्ध गराएको मुसिकोट नगरपालिका नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।
प्रभावित बस्तीमा प्रमुख जिल्ला जिल्ला अधिकारी यदुनाथ पौडेल सहित उच्च अधिकारीहरु प्ुगेर स्थलगत अनुगमन गरेका छन् ।
प्रतिक्रिया 4