१६ वैशाख, काठमाडौं । उपाधि दौडमा रहेको साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा सिटीले बर्नेलीलाई १-० गोलको संघर्षपूर्ण जित निकाल्दै लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । सिटीको जितमा सर्जियो अगुएरो नायक बने । उनकै एकमात्र गोलमा सिटीले बर्नेलीलाई स्तब्ध बनाएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा केही सुधारिएको खेल खेल्दै गोल गर्न सफल भयो । सिटीका अगुएरोले खेलको ६३औं मिनेटमा गोल गर्दै १-० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल नभएपछि खेल सिटीले जितेको हो ।
जितसँगै सिटीको ३६ खेलबाट ९२ अंक भएको छ । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलबाट ९१ अंक छ ।
प्रतिक्रिया 4