Comments Add Comment

फल्कनरले भने – म समलिङ्गी होइन, गलत अर्थ लाग्यो

१७ वैशाख, काठमाडौं । अस्टे«लियन क्रिकेटर जेम्स फल्कनरले ‘इन्स्टाग्राम’ मा फोटोसहित लेखेको कुरामा गलत अर्थ लाग्न गएको खुलासा गरेका छन् ।

सोमबार बेलुका उनले इन्स्टाग्रामको गरेको पोस्टले उनी समलिङ्गी भएको खबरहरु आइरहेका थिए, जसलाई उनले इन्स्टाग्राममार्फत नै गलत अर्थ लाग्न गएको र आफू समलिङ्गी नभएको बताएका छन् ।

सोमबार उनले आमा रोसलिन क्यारोल र साथी रब जुबसँगको तस्बीर राखेर ‘आमा र केटा साथीसँगै जन्मदिनको खाना खाँदै’ लेखेका थिए । जसमा उनले उल्लेख गरेको ‘ब्वाइफ्रेण्ड’ शब्द र ‘पाँच वर्षदेखि सँगै’ वाक्यांशले उनी समलिङ्गी भएको खबरहरु आइरहेका थिए ।

मंगलबार बिहान फल्कनरले इन्स्टाग्राममा नै लेखेको छन्, ‘हिजो राति मैले लेखेको कुराले गलत अर्थ दिएछ । म समलिङ्गी होइन । तर पनि ‘एलजीबीटीआई’ समूहबाट आइरहेको समर्थनले खुशी दिएको छ । हामीले भुल्नु हुँदैन, माया त माया हो । मेरा साथी रब राम्रा साथी मात्रै हुन् । हिजो हामी एउटै घरमा बसेको पाँच वर्ष पुगेको हो ।’

क्रिकेट अस्ट्रेलियाले पनि फल्कनरले उल्लेख गरेका कुराले एलजीबीटीआई समूहमा भावनात्मक असर पार्ने उद्देश्य नरहेको जनाएको छ ।

‘उनले उल्लेख गरेको कुराले उनीहरु बिजनेश पार्टनरका रुपमा रहेको जनाएको हो । उनीहरु मिल्ने साथी र पाँच वर्षदेखि घरका साझेदार पनि हुन् । उनले कसैको भावनामा असर पार्न त्यस्तो लेखेका होइनन्’ क्रिकेट अस्ट्रेलिया उल्लेख गरेको छ ।

फल्कनरको उक्त पोस्टमा २८ हजार भन्दा बढी लाइक र झण्डै १५ सय कमेन्ट आएका थिए । कतिले उनलाई हिम्मत गरेकोमा बधाई दिएका थिए भने कतिले नकारात्मक कमेन्ट पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment