+
+
Shares

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली प्रहरीले धनगढीको बसपार्कस्थित एक फ्ल्याटबाट अनाधिकृत हुन्डी तथा विदेशी मुद्रा कारोबारमा संलग्न नौ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा नेपालका विभिन्न जिल्लाका नागरिक र भारतका नागरिकसमेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • प्रहरीले घटनास्थलबाट विदेशी मुद्रा कारोबारमा प्रयोग हुने विभिन्न सामग्री तथा सफ्टवेयर बरामद गरी विस्तृत अनुसन्धान सुरु गरेको छ ।

४ साउन, धनगढी । कैलालीमा प्रहरीले अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले धनगढी उपमहानगरपालिका–४ को बसपार्कमा फ्ल्याट भाडामा लिएर अनाधिकृत रूपमा हुन्डी तथा विदेशी मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा छापा मारेर ९ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टकाअनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरीले टोलीले फ्ल्याटमा खानतलासी गर्दा अनाधिकृत मुद्रा कारोबारमा संलग्न रहेको आशंकामा ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालका विभिन्न जिल्लाका तथा भारतका नागरिक समेत रहेका छन् ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगाका प्रेमबहादुर साउद, उदयपुरको त्रियुगाका दिपिन मगर, भारतको दिल्लीको रविकुमार सूर्यवंशी, भारतको हरियाणाका दीपकुमार जाट, चितवनका जितेन्द्र कट्टेल, ललितपुरका राजकुमार मोक्तान, काडमाडौंका राजन चुडाल, झापाका हरिप्रसाद चापागाईं र धनगढी उपमहानगरपालिका–३ का ज्ञानेन्द्र ढकाल छन् ।

प्रहरीले घटनास्थलबाट विदेशी मुद्रा कारोबारमा प्रयोग हुने विभिन्न सामग्री तथा सफ्टवेयरसमेत बरामद गरेको जनाएको छ । बरामद सामग्रीको परीक्षण तथा आर्थिक कारोबारको विस्तृत अनुसन्धान भइरहेको छ । उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?