१८ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पानी परेपछि रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।
बेंगलुरुमा भएको खेलमा पटक पटक वर्षा भएपछि खेल रद्द भएसँगै दुबै टिमले एक-एक अंक बाँडेका हुन् । अंक बाँडेसँगै राजस्थान रोयल्सलाई भने नराम्ररी घाटा लागेको छ । प्ले अफमा पुग्ने आफ्नो सम्भावनालाई कायमै राख्न यो खेलमा राजस्थानलाई स्पष्ट जितको आवश्यकता थियो । तर यसो हुन सकेन ।
१३ खेलबाट ५ खेलमा जित र सात खेलमा हार तथा एक खेलमा भने वर्षाको कारण अंक बाँडेको राजस्थान ११ अंकका साथ लिगको पाँचौं स्थानमा छ । प्लेअफमा पुग्ने झिनो सम्भावना कायमै रहेपनि अब निकै कठिन बनेको छ ।
बैंग्लोर भने जारी आईपीएलबाट बाहिरिएको छ । १३ खेलबाट ८ खेलमा हार, चार खेलमा जित र एक खेल भने वर्षाको कारण अंक बाँडेकाले उसको ९ अंक मात्रै छ ।
वर्षाको कारण ५ ओभरमा छोट्याइएको खेलमा बेंग्लोरले राजस्थानलाई ६३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थानले ३.२ ओभरमा एक विकेटको क्षतिमा ४१ रन बनाउँदा पुनः वर्षा भएपछि खेल नतिजा विहीन बनेको थियो ।
प्रतिक्रिया 4