+
+
Shares

मजदुर दिवसको अवसरमा देउवाको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते ९:००

१८ वैशाख, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा शुभकामना व्यक्त गरेका छन् ।

१३० औं मजदुर दिवसको अवसरमा बुधबार एक शुभकामना सन्देश जारी गर्दै देउवाले शुभकामना बाँडेका हुन् ।

शुभकामना सन्देशमा देउवाले विश्व र नेपालको श्रमिक आन्दोलन स्मरण गर्दै कांग्रेस नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलनको चर्चा गरेका छन् ।

‘विराटनगर मजदुर आन्दोलनका क्रममा जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो’, देउवाले कांग्रेस नेतृत्वको मजदुर आन्दोलनको प्रशंसा गर्दै लेखेका छन् ।

२०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको स्मरण पनि देउवाले आफ्नो शुभकामना सन्देशमा गराएका छन् ।

नेपाली श्रमिक अझै पनि अनेक समस्यामा रहेकाले उनीहरुको हक, हित सुरक्षाका लागि कांग्रेसले साथ दिने प्रतिबद्धता देउवाले जनाएका छन् ।

लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएकाले आफ्नो ठाउँबाट सजगतापूर्वक अघि पनि पनि देउवाले सबैमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?