Comments Add Comment

तिलोत्तमाका स्थानीयले रोके व्यापार संघको भवन निर्माण

१८ वैशाख, बुटवल । तिलोत्तमाका स्थानीयले तिलोत्तमा व्यापार संघको भवन निर्माणमा अवरोध गरेका छन् । सार्वजनिक जग्गा हडपेर ५ नम्बर वडामा बनाउन लागेको भवन स्थानीयले रोकेका हुन् ।

संघले भवन शिलन्यासका लागि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेलाई प्रमुख अतिथिका रुपमा बोलाएको थियो । तर स्थानीयले भवन निर्माणको विरोध गर्दै कार्यक्रमस्थलमा प्रदर्शन गरेपछि उनी मञ्च नपुगी बाटोबाटै फर्किएका छन् ।

स्थानीय काशीनाथ पाण्डेले वडा नं. ५ मा बगैंचासहितको वृद्धाश्रम बनाउने भनिएपनि अहिले संघ संस्थालाई जग्गा दिएका कारण विरोध गरिएको बताए । वडा नं. ५ मा धेरै सार्वजनिक जग्गा नभएकाले सरकारी प्रयोजनका लागि भने आफूहरुले जग्गामा विरोध नगर्ने उनको भनाइ छ ।

३ वर्षअघि सर्वदलीय बैठकले संघलाई वडा नं. ५ मा १५ कठ्ठा जग्गा उपलब्ध गराएकाले भवन निर्माण प्रक्रिया अघि बढाएको तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेलले बताए ।

३ वर्षअघि सर्वदलीय बैठकबाटै जग्गा पाएको तिलोत्तमा उद्योग वाणिज्य संघले भने भवन निर्माण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment