Comments Add Comment

विप्लव समुहका ५ कार्यकर्ता कारागार चलान

१८ वैशाख, विराटनगर । नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश ध्रुबकुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको हो ।

गत चैत १० गते मोरङको कानेपोखरीबाट कोशी ब्युरो संयोजक श्रेष्ठ र कोशी व्यूरो सदस्य माधब गौतम, गत चैत १२ गते सुन्दरहरैचाबाट पक्राउ परेका मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठ, चैत १३ गते सुनसरीका रमेश खड्का र गत फागुन १५ गते हतियारसहित पक्राउ परेका देबकुमार साँवा प्रहरी हिरासतमा थिए ।

उनीहरुमध्ये लिम्बूलाई पुर्पक्षको लागि कारागार चलान गर्न र बाँकीलाई जनही ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । तर विप्लबका कार्यकर्ताले अदालतबाट छुटेलगत्तै पक्राउ पर्ने जानकारी पाएपछि धरौटी जम्मा नगर्ने भन्दै कारागार गएको बताइएको छ ।

पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना, संगठित अपराध र राजद्रोहको मुद्दा चलाइएको थियो । हतियारसहित पक्राउ परेका लिम्बूसँग नियमित संपर्कमा रहेको आधारमा अन्य चार जनालाई पनि सोही मुद्दा मतियारको रुपमा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment