+
+
Shares

माओवादीको एम्बुसमा भारतीय सुरक्षाबल, १६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते १५:४०

१८ वैशाख, काठमाडौं । भारतको महाराष्ट्र प्रदेशस्थित गढचिरौलीमा माओवादी आक्रमणमा १५ सुरक्षाकर्मी र एक ड्राइभरको मृत्यु भएको छ ।

कुरखेला तालुकानजिकै माओवादीले थापेको एम्बुसमा सुरक्षा बलको गाडी परेको हो । महाराष्ट्र सरकारका मन्त्री सुधीर मंगतीवारले पनि घटनाको पुष्टि गरेका छन् ।

महाराष्ट्र पुलिसको सी ६० कमाण्डोज् एम्बुसमा परेको हो । माओवादीको गुरिल्ला रणनीतिको सामना गर्न महाराष्ट्र पुलिसले एक विशेष दल बनाएको थियो, जसमा स्थानीय जनजातिलाई समेत संलग्न गराइएको छ । १९९२ मा बनेको यो विशेष दलमा ६० स्थानीय जनजातिका मानिसहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?