Comments Add Comment

‘दाल भात तरकारी’ रिलिज

यो बर्षको प्रतिक्षित चलचित्र ‘दाल भात तरकारी’ शुक्रबारदेखि देशभर रिलिज भएको छ । देशभरका ८० बढी पर्दामा यो चलचित्र रिलिज भएको निर्माणपक्षले जानकारी दिएको छ । सुदन केसीको डेब्यू चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘दाल भात तरकारी’ले विशेषगरि अमेरिका जानका लागि करोडौ खर्च गरेर डुबेको एक परिवारको कथा भन्छ । श्रीमान् र श्रीमतीको झगडा, पारिवारिक सम्बन्ध, अमेरिकाको सपनालाई चलचित्रमा देखाइएको छ ।
चलचित्रले ‘दाल भात तरकारी’का लागि विदेश नै जानु भन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ ।

मह संचारको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment