+
+
Shares

५२ दिनमा सकियो साम्राज्ञीको ‘मारुनी’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १२:५७

चलचित्र ‘मारुनी’को छायांकन सकिएको छ । ५२ दिन लगाएर चलचित्रको छायांकन सकिएको निर्मात्री पूनम गौतमले जानकारी दिइन् । ५२ दिनसम्म खिचिएको चलचित्र विशेष बनेको पुनमको दाबी छ । नवल नेपालको निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, रेबिका गुरुङ, पुष्प खड्का लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको छायांकन काठमाण्डौ र कोहलपुरमा गरिएको छ । चलचित्रलाई पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्र ‘मारुनी’को कथावस्तुको बिषयमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । चलचित्रको सेटबाट बाहिरिएका केही तस्बिरले पनि यो चलचित्रलाई निर्मात्रीले विना संझौता बनाएको प्रष्ट हुन्छ ।

चलचित्र ‘मारुनी’लाई संजय लामाले खिचेका हुन् । चलचित्रलाई भदौको १३ गते रिलिज गर्ने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?