+
+
Shares

पूर्वीहिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन सचेत

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १३:४४

२० वैशाख, काठमाडौं । सरकारले पूर्वी हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन भनेको छ ।

पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपातको सम्भावना भएकोले आज (शुक्रबार)देखि शनिबारसम्म हेलिकोप्टर नउडाउन सचेत गराएको हो ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली ‘फानी’ को प्रभावले नेपालको पूर्वी क्षेत्रमा ठूलो हिमपातको सम्भावना रहेको भन्दै राष्ट्रिय आपत्कालीन कार्यसंचालन केन्द्रले सचेत गराएको हो ।

केन्द्रले सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा रहेका पर्यटकहरुलाई पनि सुरक्षित स्थानमा रहन भनेको छ ।

हालसम्म ‘फानी’ नै नेपालमा आउने सम्भावना नभए पनि यसको प्रभावले नेपालका केही ठाउँमा हावाहुरीसहित ठूलो वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?