Comments Add Comment

वर्षायाममा काठमाडौंको फोहोर फाल्न ककनीमा दुई ठाउँ पहिचान

२० वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाले वर्षातको समयमा फोहर विसर्जन गर्नका लागि स्थान पहिचान गरेको छ । अहिले फोहर विर्सजन गरिहेको स्थान भरिएको र अन्य समयमा भन्दा वर्षातमा फोहर बढी उत्पादन हुने भएकाले अन्य स्थान तय गरिएको कामपाले जनाएको छ ।

कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले तय गरिएको स्थान ककनी गाउँपालिका–२ मा रहेको भिलेज एक र भिलेज दुईको १५ रोपनी खाली जग्गा तयार गरिएको हो ।

दीर्घकालीनरुपमा फोहर राख्ने स्थान निर्माणको काम सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा भइरहेको छ । हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलमा फोहर राख्ने अवस्था नभएकाले वर्षातको समयका लागि उक्त स्थान तय गरिएको विभागका प्रमुख श्रेष्ठले जानकारी दिए ।

दुई वर्षका लागि फोहर विसर्जन गर्ने भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपारिँदै आएको छ । फोहर राख्नका लागि तोकिएको समय बितिसक्दासम्म सिसडोलमा नै फोहर राखिरहेकाले स्थानीयवासीलाई समस्या भएको गुनासो पनि गरिरहेका छन् ।

तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गर्ने गरिएको छ । वर्षातको समयमा अन्य समयमा भन्दा बढी भान्छाबाट फोहर उत्पादन हुनेहुँदा दैनिक एक हजार २०० मेट्रिक टन फोहर निस्कने गर्दछ ।

आज कामपाको वातावरण विभाग प्रमुखसहितको टोलीले उक्त स्थानको स्थलगत अवलोकन गरेको थियो । वातावरण व्यवस्थापन समितिका पदाधिकारीले पनि वातावरण व्यवस्थापन विभागका अधिकारीसहित फोहरको अन्तिम व्यवस्थापन र निर्माणाधीन स्थलको अवलोकन गरेको हो ।

यसैबीच कामपाले बञ्चरेडाँडामा निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार जतिसक्दो चाँडो सक्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । अहिले नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा फोहर व्यवस्थापन गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment